पार्वती फिल्मको गीतमा आकर्षक टिकटक बनाउनेलाई ५० हजार नगद पुरस्कार घोषणा
nagariknews.nagariknetwork.com · Mon Jun 29 08:02:33 GMT 2026

नीता फिल्म्सको प्रस्तुतीमा निर्माण भएको बहुप्रतिक्षित नेपाली चलचित्र ‘पार्वती’ ले आफ्नो चर्चित गीत ‘नौतुना रेलैमा’ मा टिकटक भिडियो बनाउने दर्शकहरूका लागि पुरस्कार राशि सहितको विशेष प्रतियोगिताको घोषणा गरेको छ।
प्रतियोगितामा सहभागी हुनेहरूले ‘नौतुना रेलैमा’ गीतमा सिर्जनात्मक भिडियो बनाएर टिकटकमा पोस्ट गर्नुपर्नेछ। प्रतियोगितामा उत्कृष्ट भिडियो बनाउने तीन विजेतालाई आकर्षक नगद पुरस्कार प्रदान गरिने जनाइएको छ। जसअनुसार प्रथम पुरस्कार रु ५०,०००, दोस्रो पुरस्कार रु ३०,००० र तेस्रो पुरस्कार रु २०,००० रहेको छ। साथै ५ जना सहभागीलाई चलचित्रको निःशुल्क टिकट समेत प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागी हुन भिडियो पोस्ट गर्दा क्याप्सनमा ह्यासट्याग पार्वती ह्यासट्याग भाद्र १२ ह्यासट्याग नौतुना रेलैमा अनिवार्य रूपमा प्रयोग गरेको हुनुपर्ने छ। उत्कृष्ट भिडियो र प्राप्त भ्युजका आधारमा विजेता छनोट गरिने जानकारी दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)