फिफा विश्वकप २०२६ को आधिकारिक गीत ‘डाइ डाइ’ सार्वजनिक
neplays.com · Fri May 15 03:00:51 GMT 2026

विश्व फुटबलको महाकुम्भ फिफा विश्वकप २०२६ को उत्साह थप बढ्दै गएको छ। याे सङ्गै कोलमब्यन पप स्टार साकिराले फिफा विश्वकप २०२६ को लागि आफ्नो गीत ‘दाइ दाइ’ सार्वजनिक गरेकी छिन् ।
नाइजेरियन गायक बुर्ना बोइ सँगको सहकार्यमा ४९ वर्षीय साकिराले आफ्नो सामाजिक सञ्जालमार्फत उक्त गीत सार्वजनिक गरेकी हुन् ।
आउने जुन ११ देखि जुलाई १९ सम्म उत्तर अमेरिकाको तीन राष्ट्र अमेरिका, क्यानडा र मेक्सिकोमा फिफा विश्वकप आयोजना हुँदैछ ।
साकिराले ब्राजिलको माराकाना स्टेडियममा छायाँकन गरिएको उक्त गीतको एक मिनेट भिडियो इन्स्टाग्राममा सार्वजनिक गरेकी हुन् । उक्त गीत मे १४ मा सार्वजनिक हुनेछ ।
साकिराले दोस्रो पटक फिफा विश्वकपमा आफ्नो आफिसियल एन्थम सार्वजनिक गरेकी हुन् । यसअघि उनले सन् २०१० मा वाका वाका गीत सार्वजनिक गरेकी थिइन् । जुन नकै चर्चित भएको थियो ।
यस्तै उनले सन् २०१४ मा ब्राजिलमा भएको विश्वकपमा थेम्ड संग सार्वजनिक गरेकी थिइन् भने रियो दि जेनेरियोमा क्लोजिङ समारोहमा आफ्नो प्रस्तुती दिएकी थिइन् ।
साकिराले सन् २००६ मा जर्मनीमा भएको विश्वकपको क्लोजिङ सेरेमोनीमा हिप्स डन्ट लाइ गीत गाएकी थिइन् । साकिराको देश कोलम्बियाले पनि जुन ११ देखि सुरु हुने ४८ टिम सम्मिलित विश्वकपमा प्रतिस्पर्धा गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)