काठ आयात प्रतिस्थापन गर्ने सरकारको कार्य योजना
nepalnews.com · Sat Oct 03 00:46:16 GMT 2026

कपिलवस्तु। कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले स्वदेशी काठको उत्पादन तथा उपयोग बढाएर विदेशी काठको आयात प्रतिस्थापन गर्न सरकारले कार्य योजना निर्माण गरिरहेको बताएकी छन्।
कपिलवस्तुको तिलौराकोट साझेदारी वनको शुक्रबार अनुगमनका क्रममा उनले नेपालका वनमा काठ कुहिने र धोद्रिने तर विदेशबाट काठ आयात हुने अवस्था अन्त्य गर्न कार्य योजना निर्माणको काम अन्तिम चरणमा पुगेको बताइन्। मन्त्री चौधरीले वनको दिगो व्यवस्थापनसँगै स्वदेशी काठको उत्पादन र उपभोग बढाउन सरकारको प्राथमिकता रहेको जानकारी दिइन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)