नेसन्स लिगमा बेल्जियमको सहज जित, फ्रान्स र इटालीले अंक बाँडे
nagariknews.nagariknetwork.com · Sat Oct 03 00:56:33 GMT 2026
युईएफए नेसन्स लिग फुटबलमा गएराति बेल्जियमले टर्कीलाई ३-० गोलले पराजित गरेको छ। यस्तै, फ्रान्स र इटालीले १-१ गोलको बराबरी खेलेका छन्। पोल्यान्डले रोमानियामाथि ६-० गोलको फराकिलो जित निकाल्दा उत्तरी आयरल्यान्डले युक्रेनलाई ३-० गोलले पराजित गरेको छ।
बेल्जियमको जितमा केभिन डी ब्रुएनले दुई गोल गरे भने रोमेलु लुकाकुले एक गोल थपे। डी ब्रुएनले खेलमा बेल्जियमलाई अग्रता दिलाएका थिए। उनले दोस्रो गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए। त्यसपछि लुकाकुले तेस्रो गोल गरेपछि बेल्जियमले सहज जित निकाल्यो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)