बालाजु घटना : मोबाइल पसल लुटबारे मुचुल्का गरिँदै
ratopati.com · Mon Feb 13 22:52:00 GMT 2023
काठमाडौँ । बालाजुस्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरुले गरेको प्रदर्शनको क्रममा एउटा समूहले मोवाइल पसल लुटेर भागेको थाहा भएको छ । घटनास्थलको भिडियो दृश्यअनुसार ल्होत्से मलमा सञ्चालित मोवाइल पसल लुटेको देखिएको छ ।
त्यसबारे जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान थालेको छ । मोवाइल लुटिएको घटनाबारे अनुसन्धान गरिने जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी सिताराम रिजालले रातोपाटीलाई बताए । प्रहरी उपरीक्षक रिजालले भने– ‘मुचुल्का टोली गएको छ, अनुसन्धान हुन्छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)