मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लालपुर्जा छ, अभिलेख छैन :२६ वर्ष पुग्दासमेत मुक्तकमैयाका समस्या उस्तै

annapurnapost.com · Sat Oct 03 01:05:21 GMT 2026

नेपालगन्ज : बाँकेको राप्तीसोनारी–६ कमैयाडाँडाका गोपीलाल थारूको हातमा ५ कट्ठा जग्गाको लालपुर्जा छ। तर सरकारी अभिलेखमा भने उनको नाममा जग्गा छैन। नापी, भूमिसुधार तथा मालपोत कार्यालयदेखि अन्य सरकारी निकायका अभिलेखमा जग्गा नभेटिएपछि उनी वर्षौंदेखि आफ्नो जग्गाको अस्तित्व प्रमाणित गराउन सरकारी कार्यालय धाइरहेका छन्।

‘जग्गा छ’ भन्ने प्रमाणका रूपमा लालपुर्जा बोकेका गोपीलालले त्यही जग्गा बेच्न, बैंकमा धितो राख्न वा अन्य कुनै आर्थिक कारोबार गर्न भने पाएका छैनन्। कारण एउटै हो– सरकारी अभिलेखमा उनको जग्गाको कुनै रेकर्ड नहुनु।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)