मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

कम निद्रा र जीनको सम्बन्धले बढाउन सक्छ अल्जाइमरको जोखिम

hamrakura.com · Sun Aug 02 00:00:00 GMT 2026

काठमाडौं । कम निद्राले सबै मानिसको मस्तिष्कमा एउटै किसिमको असर नगर्ने र केही व्यक्तिमा खराब निद्राले अल्जाइमर रोगसँग सम्बन्धित मस्तिष्कीय परिवर्तनलाई तीव्र बनाउन सक्ने कारण उनीहरूको आनुवंशिक संरचनासँग जोडिएको हुन सक्ने नयाँ अध्ययनले देखाएको छ।

अस्ट्रेलियाको एडिथ कोवान विश्वविद्यालय अन्तर्गत सेन्टर फर प्रेसिजन हेल्थका अनुसन्धानकर्ताहरूले गरेको अध्ययनले निद्राको बानी र विशेष जीनबीचको सम्बन्धले मस्तिष्कको क्षय प्रक्रियामा महत्वपूर्ण भूमिका खेल्ने देखाएको हो। अध्ययनले विशेषगरी मस्तिष्कभित्र तरल पदार्थको आवागमन नियन्त्रण गरी प्राकृतिक रूपमा फोहोर सफा गर्ने प्रणालीलाई सहयोग गर्ने ‘एक्वापोरिन–४’ जीनमा ध्यान केन्द्रित गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)