मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

चौसट्ठी रोपनीमा फैलियो खुत्रुकेको बचत

gorkhapatraonline.com · Sat Oct 03 01:27:11 GMT 2026

वैदेशिक रोजगारीबाट फर्किएपछि कुखुरापालनमा लगानी गरेर ऋणमा डुबेका पाणिनि गाउँपालिका–१, पणेनाका गुनप्रसाद श्रेष्ठ अहिले व्यावसायिक कृषिमा सफल बन्नुभएको छ । श्रीमतीले घरखर्चबाट बचाएर खुत्रुकेमा जम्मा गरेको दुई लाख रुपियाँबाट सुरु भएको उहाँको कृषि यात्रा अहिले ६४ रोपनी जमिनमा फैलिएको छ ।

कुखुरापालनबाट एक वर्षमै पाँच लाख रुपियाँ ऋण लागेपछि श्रेष्ठ पुनः वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्थ्यो । श्रीमती सुन्दरीले विदेश जान रोक्दै खुत्रुके फुटाएर जम्मा गरेको दुई लाख रुपियाँ उहाँको हातमा थमाउनुभयो । त्यही रकमबाट एउटा दुहुनो भैँसी खरिद गरी सुरु भएको व्यवसाय क्रमशः विस्तार हुँदै अहिले व्यावसायिक तरकारी खेतीमा पुगेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)