मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण, सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको आशंका

Ujyaaloonline.com · Wed Oct 18 01:08:21 GMT 2023

काठमाण्डौ – गाजा क्षेत्रको एक अस्पतालमा हवाई आक्रमण भएको छ । आक्रमणमा सयौँ प्यालेस्टाइनी नागरिकको ज्यान गएको अनुमान गरिएको छ । यकिन जानकारी आएको छैन । अस्पलातमा घाइते भएकाहरुको तस्बिर भने सार्वजनिक भएका छन् । प्यालेस्टाइनको विद्रोही समूह हमासले इजरायलले गाजापट्टीको अल– अहली अरब अस्पतालमा हवाई आक्रमण गरेको दाबी गरेको छ । तर, इजरायलले भने यो आरोपको खण्डन गरेको छ ।

हमासले प्रहार गरेको रकेट असफल हुँदा यस्तो घटना भएको इजरायलले प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । प्यालेस्टाइनको स्वास्थ्य मन्त्रालयले यो आक्रमण इजरायलले गरेको पुष्टि भए सन् २००८ पछिकै सबै भन्दा घातक आक्रमण हुने जनाएको छ । इजरायल र हमासबीच युद्ध शुरु भएपछि गाजाका धेरैजसोले अस्पताललाई आश्रयस्थल बनाएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)