खेती बगाएपछि राहतको आस
gorkhapatraonline.com · Sat Oct 03 01:30:14 GMT 2026

खेतमा लगाएको धानबाली बाढीले बगाएपछि पाल्पाका किसान चिन्तित बनेका छन् । जिल्लाको तिनाउ, माथागढी, बगनासकाली, तानसेन, पूर्वखोलालगायतका किसानले लगाएको धानबाली असोज दोस्रो साता आएको बाढीले बगाएपछि उनीहरू चिन्तित बनेका हुन् ।
प्रभावित क्षेत्रमा हालसम्म तीन सयभन्दा बढी किसानको खेतीमा असर गरेको कृषि ज्ञान केन्द्र पाल्पाको अनुमान छ । पूर्वखोलाको देवीनगर, जग्पा, माथागढीको झडेवा, रुप्से, चिदीपानी, कसेनी बगनासकालीको चिर्तुङधारा, गोर्सत, तानसेनको बुडुवा, अम्लिहान, दमकडाका किसान सबैभन्दा बढी पीडित छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)