नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
ratopati.com · Mon Jun 29 08:20:13 GMT 2026

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेपालमा कम्युनिस्ट आन्दोलन जीवित नरहेको बताएका छन् । साेमबार पूर्वप्रधानमन्त्री झलनाथ खनालद्वारा लिखित ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनवाद’ सम्बन्धी पुस्तक विमोचन कार्यक्रममा बोल्दै शर्माले कम्युनिस्ट पार्टीकाे पुनर्गठन आवश्यक रहेको बताए ।
‘नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन । नेताहरू मात्र जीवित छन् । ७० प्रतिशत वामपन्थी, प्रगतिशील र देशभक्तहरूको जनमत थियो । अहिले विघटन भइसकेको छ । यसलाई पुनर्गठन गर्न नयाँ अभियानको आवश्यकता छ’, उनले भने, ‘कम्युनिस्ट पार्टीको नाम दिएर हामीले जे जे गर्यौँ त्यसको आजको अवस्था के छ भनेर हेर्यौँ भने नेपालको सन्दर्भमा आन्दोलन जीवित छैन । यसलाई पुनर्जीवन दिन पुनर्गठन आवश्यक छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)