मिस युनिभर्स नेपालमा १६ प्रतियोगी भिड्दै
ratopati.com
‘मिस युनिभर्स नेपाल २०२१’ मा १६ प्रतियोगी भिड्ने भएका छन् । आयोजक उमङ्ग क्रियसनले बिहीबार साँझ दरबारमार्गस्थित होटल याक एण्ड यतिमा ग्राण्ड फिनालेको प्रेस प्रिजेन्टेसन कार्यक्रमको आयोजना गर्दै प्रतियोगी सार्वजनिक गरेको हो ।कार्यक्रममा १६ जना नै प्रतियोगीले रेड कार्पेटमा र्याम्पवाक गर्दै मिडिया तथा उपस्थित दर्शक माझ आफ्नो परिचय र भविष्यको उद्धेश्य राखेका थिए ।
याक एण्ड यतिको लाल दरबार कन्भेन्सन सेन्टरमा आयोजना भएको कार्यक्रममा १६ जना प्रतियोगीले आत्महत्या, यौन शिक्षा, महिनावारी, डेन्टल, महिला सशक्तीकरण, मानसिक स्वास्थ्य, बलात्कार, बालबालिकाको शिक्षा लगायत विभिन्न सामाजिक मुद्दाका बिषयमा बनाइएको २ देखि ३ मिनेटको भिडियो समेत प्रस्तुत गरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)