पाँचौं राष्ट्रिय वादोरियो कराते प्रतियोगिता सुरु
barnanmedia.com · Sun Jun 07 22:27:24 GMT 2026

वादोरियो कराते डो संघको आयोजनामा पाँचौँ राष्ट्रिय वादोरियो कराते प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । प्रतिनिधि सभा सदस्य डा. तोसिमा कार्कीको प्रमुख आतिथ्यतामा सुरु भएको प्रतियोगितामा सातै प्रदेशका १५० खेलाडीको सहभागिता रहेको संघका कोषाध्यक्ष पुरुषोत्तम पोखरेलले जानकारी दिए ।
संघका प्रमुख प्रशिक्षक हरिशरण केसीका अनुसार हरेक वर्ष आयोजना हुँदै आएको राष्ट्रिय प्रतियोगितालाई यस वर्ष पनि निरन्तरता दिइएको हो। प्रतियोगितामा १४ वटा इभेन्टमा खेलाडीहरूबीच प्रतिस्पर्धा भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)
प्रतिनिधि सभा