मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मधेशविरुद्ध सूर्यको ह्याट्रिक

nayapatrikadaily.com · Wed Jan 17 00:23:00 GMT 2024

प्रधानमन्त्री कप (पिएम) एकदिवसीय क्रिकेट प्रतियोगितामा लगातार चार दिन ब्याट्सम्यान चम्किरहे । प्रतियोगिताको सुरु भएको चार दिनसम्म चार ब्याट्सम्यानले शतकीय इनिङ्स खेलेका छन् । तर, मंगलबार मूलपानी क्रिकेट मैदानमा एक बलर चम्किए ।

बागमती प्रदेशका बायाँहाते स्पिनर सूर्य तामाङले २९औँ ओभरमा घरेलु क्रिकेटमै आफ्नो उत्कृष्ट प्रदर्शन गरे । उनले मधेशविरुद्धको खेलमा यसै ओभरमा ह्याट्रिकसहित चार विकेट आफ्नो नाममा लेखाए । समग्रमा सूर्यले नौ ओभरमा १८ रन खर्चेर सर्वाधिक ६ विकेट हात पारे । घरेलु क्रिकेटमा उनको यो नै अहिलेसम्मकै उत्कृष्ट बलिङ स्पेल हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)