दाउन्नेमा यात्रुवाहक बस दुर्घटना: ६ को मृत्यु, १० जना घाइते
annapurnapost.com · Sat Oct 03 01:54:08 GMT 2026

नवलपुर : नवलपुरको दाउन्नेमा ब्रेक फेल भएर यात्रुवाहक बस नालामा पल्टिँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अनिल पण्डितले घटनाको पुष्टि गर्दै मृतकहरूको सनाखत हुन बाँकी रहेको बताए। उनका अनुसार कोहलपुरबाट काठमाडौंका लागि छुटेको बस आज बिहान पौने ४ बजे महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा ब्रेक फेल भएर दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)