पैदलयात्रीलाई ठक्कर दिएर फरार भएका कार चालक पक्राउ
baahrakhari.com · Wed Dec 06 17:45:54 GMT 2023
काठमाडौं । सवारी दुर्घटना गराएर फरार भएका एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंको शंखरापुर नगरपालिका–६ सुनटोलका ४५ वर्षीय जयनारायण श्रेष्ठ रहेका छन् । उनलाई प्रहरीले आज सवारी साधनसहित पक्राउ गरेको हो ।
गएको सोमबार साँझ ६:४० बजे काठमाडौंको शंखरापुर नगरपालिका वडा नं. ९ खुलालटारस्थित सडकखण्डमा इन्द्रायणीबाट साँखुतर्फ जाँदै गरेको अल्फाबेट नम्बर नखुलेको सेतो रङको कारले पैदलयात्री ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नं. ३ ताप्के डाँडाँका रेतबहादुर तामाङलाई ठक्कर दिएको थियो । तर, चालक सवारी साधनसहित फरार भएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)