मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बालेन शाह : आन्दोलन उक्साउने तर जिम्मेवारी नलिने नेतृत्व

barnanmedia.com · Fri Sep 26 21:43:40 GMT 2025

काठमाडौं महानगरका प्रमुख बालेन शाह हालैको जेनजी आन्दोलनसँग प्रत्यक्षरूपमा जोडिएका व्यक्तित्व हुन् । उनले अघिल्लो वर्षदेखि सिंहदरबारमा आगो लगाउँछु भन्ने जस्ता आक्रामक अभिव्यक्ति दिइरहेका थिए । त्यही आक्रोश र अभिव्यक्तिले युवा पुस्तालाई उक्सायो, सडकमा ल्यायो र अन्ततः देशकै केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबारदेखि अन्य धेरै सरकारी सम्पदामा आगजनी भयो । आन्दोलनले ठूलो जनधनको क्षति निम्त्यायो तर आन्दोलनपछि परिस्थितिलाई सम्हाल्ने जिम्मेवारी लिनुपर्ने ठुला राजनीतिक र सामाजिक पात्रहरूले भने आफैंलाई पन्छ्याउने रणनीति अख्तियार गरे । तिनैमध्ये बालेन शाह प्रमुख उदाहरण बनेका छन् ।

आन्दोलन चर्कँदै जाँदा राजधानीमा आगो फैलिन थाल्यो । सिंहदरबारदेखि मन्त्रालय, कार्यालय र अन्य सार्वजनिक सम्पदामा आगजनी भयो । तर, काठमाडौँ महानगरपालिकाकै दमकल आगो निभाउन अग्रसर भएनन् भन्ने गुनासो व्यापक छ । यो विषयमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले दिएको अन्तर्वार्ताले अझ विवादलाई गहिरो बनाएको छ । सर्वोच्चमा आगो लागेको तीन दिनपछि मात्रै उनले ललितपुर महानगर प्रमुख चिरिबाबु महर्जनलाई फोन गरेर दमकल मगाएको बताएका छन् । त्यसपछि प्रश्न उठ्यो: काठमाडौं महानगरका प्रमुख भएर बालेन शाह किन मौन बसे ? किन आफ्नो जिम्मेवारी पूरा गर्न तयार भएनन् ?

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)