मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनमत पार्टीको दोस्रो महाधिवेशन आज वीरगञ्जमा हुँदै

nepalsamaya.com · Sat Oct 03 02:09:47 GMT 2026

वीरगञ्ज- जनमत पार्टीको दोस्रो महाधिवेशन आजदेखि पर्साको वीरगञ्जमा सुरु हुँदैछ। महाधिवेशनको उद्घाटन आज बिहान ९ बजे ब्रह्मचोकस्थित ओम पार्टी प्यालेसमा हुने पार्टीले जनाएको छ।

महाधिवेशनमा सहभागी प्रतिनिधिले आफ्नो परिचयपत्रका रूपमा नागरिकता, मतदाता परिचयपत्र, चालक अनुमति पत्र वा तस्वीरसहित पहिचान खुल्ने अन्य कुनै आधिकारिक परिचयपत्र अनिवार्य रूपमा साथमा ल्याउन भनिएको छ। यसअघि असोज १० गतेका लागि तय गरिएको महाधिवेशन केन्द्रीय कार्यकारिणी समितिको असोज ८ गते बसेको आकस्मिक बैठकले सारेर असोज १७ गते गर्ने निर्णय गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)