कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा नाम राखिएकोप्रति अपाङ्ग संघका अध्यक्ष चम्लागाईंको आपत्ति
shilapatra.com · Sun Aug 02 08:03:00 GMT 2026

नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघका अध्यक्ष माधवप्रसाद चम्लागाईंले २९ साउनमा आयोजना गर्न लागिएको भनिएको कांग्रेस इतर समूहको राष्ट्रिय भेलाको ५५१ सदस्यीय मूल आयोजक समितिमा आफ्नो नाम बिनासहमति राखिएकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।
बिहीबार जारी अपिलमा अध्यक्ष चम्लागाईंले उक्त भेलासँग आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पार्दै पार्टीको वैधानिक संरचनालाई कमजोर बनाउने तथा विभाजनकारी गतिविधिमा आफू सहभागी नहुने बताएका छन् । राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षका रूपमा आफ्नो नाम राखिएको विषय स्वीकार गर्न नसकिने उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)