फ्रान्स र इटालीबीच बराबरी
barnanmedia.com · Sat Oct 03 02:18:47 GMT 2026
काठमाडौं । यूईएफए नेसन्स लिगमा शुक्रबार फ्रान्स र इटालीले १–१ को बराबरी खेलेका छन् । अर्को प्रमुख खेलमा केभिन डे ब्रुएनाको दुई गोलको मदतले बेल्जियमले टर्कीलाई ३–० ले पराजित गर्यो । अर्को गोल भने रोमेलु लुकाकुले गरे । टर्कीको यो लगातार तेस्रो हार हो ।
यसअघि टर्की फ्रान्स र इटालीसँग पनि हारेको थियो । जिनेदिन जिदानको फ्रान्सले माइकल ओलिसको गोलमा ५५ औं मिनेटमा अग्रता लिएको थियो । खेलको ६८ औं मिनेटमा एलेसान्ड्रो बोस्टोनीले बराबरी गोल फर्काए । यस बराबरीपछि फ्रान्सको लगातार दुई खेलको जित यात्रामा टुंगो लागेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)