सडक अवरुद्ध भएपछि पोखरा–जोमसोम उडानमा यात्रुको चाप
gorkhapatraonline.com · Sat Oct 03 02:28:26 GMT 2026

बाढीपहिरो र कालीगण्डकी नदीको कटानले कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकखण्ड अवरुद्ध भएपछि पोखरा–जोमसोम हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै निजी वायुसेवा कम्पनीहरूले पोखराबाट हुने उडान दोब्बरभन्दा बढी गरेका छन्।
असोज ८ देखि ११ गतेसम्म परेको भीषण वर्षाका कारण ७६ किलोमिटर लामो बेनी–जोमसोम सडक अवरुद्ध भएपछि पोखराबाट मुस्ताङ जाने र फर्किने एकमात्र विकल्प हवाई मार्ग बनेकाले यात्रुको चाप बढेको जोमसोम विमानस्थलका प्रमुख विश्वराज शर्माले बताउनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)