जगन्नाथ हटाउन नसकेपछि हिक्मत हटाउने प्रयासमा अध्यक्ष ओली
ratopati.com · Sun Aug 02 08:15:13 GMT 2026

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपासँगको प्रदेश सत्ता गठबन्धनपछि आफ्नो पार्टीको भागमा परेका तीन प्रदेशका मुख्यमन्त्री पनि आफू निकटकै व्यक्ति बनाउन चाहन्थे । त्यसका लागि अध्यक्ष ओलीले आफू निकटका नेताहरूमार्फत पार्टीबाटै भइरहेका मुख्यमन्त्रीसमेत फेर्ने कसरत तीव्र बनाए । नभएका ठाउँमा संसदीय दलको नेता परिवर्तनको गृहकार्य पनि गरे ।
यो प्रयासअनुसार ओलीले बागमती संसदीय दलका नेताबाट जगन्नाथ (जेएन) थपलियालाई हटाएर आफू निकट किरण थापालाई दलको नेता बनाउने भरमग्दुर प्रयास गरे । थपलियालाई हटाउन भन्दै केही सांसदहरूले हस्ताक्षर नै गरेको एमालेभित्र प्रचारवाजीसँगै विरोधसमेत भयो । थपलियालाई दलको नेता हटाएर थापालाई दलको नेता बनाउने र मुख्यमन्त्री बनाउने उक्त योजनामा एमाले सचिव महेश बस्नेत खटिएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)