कांग्रेसको सम्भावित बिभाजन रोक्न तेस्रो धारको प्रयास
rajdhanidaily.com · Sun Aug 02 08:33:25 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको सम्भावित बिभाजन रोक्नका लागि तेस्रो धारको युवा नेतृत्व सक्रिय भएको छ । शेरबहादुर देउवा पक्षधरले साउन २९–३१ मा राष्ट्रिय भेला बोलाउने जानकारी दिएको भोलिपल्ट नैनसिंह महर र रञ्जित कर्णलगायतको तेस्रो धारका युवा नेतृत्व सक्रिय भएको हो ।
जसका लागि ‘देश र कांग्रेस जोड्ने अभियान’ को घोषणा गर्दै साउन २० गते राष्ट्रिय भेलाको आयोजना गर्ने भएका छन् । पार्टी भित्रको भित्रको आन्तरिक मतभेद अन्त्य गरी पार्टीलाई बलियो बनाउने उद्देश्यका साथ ‘देश र कांग्रेस जोड्ने अभियान’ घोषणा गरिएको नेता महरले जानकारी दिएका छन । उनका अनुसार आगमी साउन २० गते काठमाडौंमा ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)