नवलपरासीमा यात्रुवाहक बस दुर्घटना : ६ जनाको मृत्यु, १० घाइते
barnanmedia.com · Sat Oct 03 02:43:39 GMT 2026

नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ स्थित एस मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन् भने दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ।
नेपालगन्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा सडकबाट नालामा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। बसमा चालकसहित १८ जना सवार थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)