माथिल्लो जुनबेँसी आयोजनाको १३.१८ किमि प्रसारण लाइनको आइईई प्रतिवेदन सार्वजनिक
aarthiknews.com

काठमाडौं । सोलुखुम्बुको ५.५७५ मेगावाट क्षमताको माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको विद्युत् प्रसारण लाइन निर्माणका लागि आवश्यक प्रारम्भिक वातावरणीय परीक्षण (आइईई) प्रतिवेदन सार्वजनिक गरिएको छ।
विद्युत् विकास विभागले आइतबार सार्वजनिक सूचना जारी गर्दै सोलुदूधकुण्ड नगरपालिका–२ मा निर्माणाधीन माथिल्लो जुनबेँसी खोला जलविद्युत् आयोजनाको स्विचयार्डदेखि वडा नं. ३ मा निर्माणाधीन तल्लो दूधकुण्ड खोला जलविद्युत् आयोजनाको स्विचयार्डसम्म ८.४७ किलोमिटर ३३ केभी डबल सर्किट प्रसारण लाइन तथा त्यहाँबाट जुनबेँसी हब पुलिङ स्टेसनसम्म ४.७१ किलोमिटर १३२ केभी सिङ्गल सर्किट प्रसारण लाइन निर्माण गरिने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)