नगेन्द्रको दृष्टिमा भैरव
gorkhapatraonline.com · Sat Oct 03 03:03:01 GMT 2026

नेपाली हास्यव्यङ्ग्य साहित्यका शाश्वत शिल्पी भैरव अर्यालको जन्म विसं १९९३ असोज ५ गते कुपण्डोल ललितपुरमा भएको थियो । पिता होमनाथ अर्याल र माता खेचकुमारी अर्यालका ज्येष्ठ सुपुत्र अर्यालले ४० वर्षको कलिलो उमेरमै विसं २०३३ असोज १९ गते गोकर्णस्थित पुलबाट बागमती नदीको खोचमा हामफालेर मृत्युवरण गर्नुभयो । नेपाली साहित्यकारको ज्ञात इतिहासमा आफैँ आफ्नो देहपात गर्ने अर्याल नै पहिलो साहित्यकार हुनुहुन्छ । विसं २००९ बाट कवितामार्फत अर्यालको साहित्यिक यात्रा सुरु भएको थियो । कुन्तादेवी भट्टराई सम्पादक रहनुभएको ‘प्रतिभा’ पत्रिकामा ‘नयाँ जीवन’ शीर्षकको कविता प्रकाशित गरी उहाँ औपचारिक रूपमा साहित्यिक क्षेत्रमा प्रवेश गर्नुभएको हो । विसं २०११ देखि २०१३ सम्म पोखरा कन्धनीडाँडास्थित भवानी प्राथमिक विद्यालयमा शिक्षक रहेका अर्याल विसं २०१३ देखि २०१५ सम्म राजधानीको पासिखेलस्थि इन्द्रायणी विद्यालयमा आबद्ध रहनुभयो । नेपाली तथा संस्कृत भाषामा विशेष दखल राख्ने अर्याल विसं २०१५ पछि हालखबर दैनिकमा आबद्ध भएर पत्रकारितातर्फ आकर्षित हुनुभयो । हालखबर दैनिकपछि सगरमाथा संवाद समिति हुँदै गोरखापत्र संस्थान भएका अर्यालले गोरखापत्रमा उपसम्पादक, सहायक सम्पादकसम्मको भूमिका निर्वाह गर्नुभयो ।
सम्पादन कलामा माहिर अर्यालको रोहबरमा तत्कालीन समयमा धेरै नवआगन्तुक साहित्यकार तथा पत्रकारले पछिसम्मका लागि दह्रो लय समातेको अर्यालका घनिष्ठ मित्र रोचक घिमिरे बताउनुहुन्छ । घिमिरेका अनुसार अर्यालकै कडा मेहनतका कारण तत्कालीन समयमा गोरखापत्रको ‘शनिवाशरीय’ अङ्क एवं ‘मधुपर्क’ निकै स्तरीय बन्न पुगेको थियो । अर्यालका ‘जयभुँडी’, ‘दश अवतार’, ‘उपवन’, ‘विरही राम’, ‘काउकुती’, ‘इतिश्री’ लगायतका कालजयी कृति साहित्यप्रेमीमाझ निकै लोकप्रिय छन् । आफ्ना रचनामा अन्तर्निहित व्यङ्ग्य साहित्यमार्फत अर्यालले सामाजिक विकृति विसङ्गतिमाथि निर्मम प्रहार गर्नुभएको छ । अर्यालले आफ्नो समयमा प्रत्यक्ष देखेका विकृति विसङ्गति झन् झाँगिँदै गएकाले उहाँका रचना अहिले पनि उत्तिकै रोचक, घोचक एवं समयसापेक्ष लाग्छन् । अर्यालका कालजयी हास्यव्यङ्ग्यलाई अनुवाद गरी अन्तर्राष्ट्रियस्तरमा पुर्याउन सकेको खण्डमा नेपालको समग्र साहित्यको कद अझ अग्लो हुने देखिन्छ । उहाँलाई ‘अभिव्यक्ति’ का संस्थापक सम्पादक एवं वरिष्ठ साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले कसरी मूल्याङ्कन गर्नुहुन्छ ? विसं २०८३ असार ३२ मा साहित्यिक पत्रकार शर्माको पनि निधन भइसकेको छ । निधन हुनुअघि उहाँले भैरव अर्यालबारे व्यक्त गर्नुभएको धारणा यहाँ प्रस्तुत गरिएको छ :
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)