संकटमा नेवानी, मन्त्री भन्छन्, जहाज थपेर हुन्न, नेवानी भन्छ, पाइलटले राजीनामा दिन थाले !
news24nepal.tv · Sat Oct 03 03:02:06 GMT 2026

काठमाडौं । नेपाल वायु सेवा निगम थला परेको छ। लामो समयदेखि घाटामा रहेको नेपाल वायु सेवा निगम बन्द त हुँदैन? प्रश्नहरु देखिन्छन्। पर्याप्त जहाज नहुनुदेखि जहाज मर्मत तथा सञ्चालनमा समेत देखिने अनेक लफडाले वायु सेवा निगम धरमरमा परेको देखिन्छ ।
नेपाल वायु सेवा निगम युरोपेली संघको कालोसूचीमा छ। पर्याप्त सुरक्षा सावधानी नअपनाएकोदेखि अनेक आरोप झेल्दै कालोसूचीमा परेको नेवानी थला परेको अवस्थामा छ। पर्याप्त कर्मचारी, न्यून जहाजबाट सेवा दिने भनिरहेको नेवानीमा पाइलटहरुले राजीनामा दिन थालेको र सेवा सुविधा न्यून भएको भन्दै गुनासो बढेको निगम नै स्वीकार गरिरहेको छ । नेवानीका निमित्त महाप्रवन्धक जनकराज कालाखेती नै महंगो ब्याजदेखि अनेक उल्झनका कारण संकट आएको स्वीकार गर्छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)