कांग्रेस नेतृ उपाध्यायले महामन्त्री वा उपसभापतिमध्ये एकमा उम्मेदवारी दिने
ratopati.com · Sat Oct 03 03:08:45 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसकी निवर्तमान केन्द्रीय सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ले १५औँ महाधिवेशनमा पदाधिकारीमा उम्मेदवारी दिने बताएकी छन्। उनले महामन्त्री वा उपसभापतिमध्ये एक पदमा उम्मेदवारी दिने तयारी रहेको बताएकी हुन्।
मकवानपुर क्षेत्र नम्बर–२ बाट १५औँ महाधिवेशनका लागि महाधिवेशन प्रतिनिधिमा ८३२ मतसहित निर्वाचित भएपछि डिनाले सहमहामन्त्रीको जिम्मेवारी सम्हालिसकेकाले अब त्यसभन्दा माथिल्लो पदमा उम्मेदवारी दिने बताइन्। ‘सबै नेता र नेतृत्वसँग छलफल भइरहेको छ। महामन्त्री वा उपसभापति पदमा मेरो उम्मेदवारी रहनेछ,’ उनले भनिन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)