मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सुस्तामा बाढीको वितण्डाः घरघरमा तीन फिटसम्म बालुवा (फोटो फिचर)

gorkhapatraonline.com · Sat Oct 03 03:09:10 GMT 2026

केही दिनअघिको वर्षासँगै नारायणी नदीमा आएको बाढीका कारण पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–५ स्थित सुस्ता क्षेत्रमा ठुलो क्षति पुगेको छ। बाढीले एकातिर ठुलो क्षेत्रफलको जमिन कटान गरेको छ भने अर्कोतिर घरघरभित्रै भारी मात्रामा बालुवा र लेदो थुप्रिएको छ।

बाढीका कारण सुस्ताका थारू टोल, बड्की टोल, सैनिक टोल र क्याम्प टोलका बस्तीमा घर, आँगन र सडकमा दुईदेखि तीन फिटसम्म बालुवा र लेदो जमेको छ। कतिपय घर आधासम्म पुरिएका छन्। कच्ची घर तथा छाप्रा ढलेका छन् भने नदीले बगाएर ल्याएका रुखका मुढाहरू घरअगाडि थुप्रिएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)