भ्रष्टाचारका मुद्दामा स्टन्टबाजी मात्र नगर्न गृहमन्त्रीलाई ज्ञानेन्द्र शाहीकाे आग्रह
barnanmedia.com · Tue Jul 02 23:14:23 UTC 2024

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई कामचलाउ सरकारको अवधि अझै एक महिना बाँकी रहेकाले त्यो समयमा भ्रष्टाचारका फाइल खोल्न चुनौती दिएका छन् ।
उनले मंगलवार साँझ सामाजिक सञ्जालमार्फत भ्रष्टाचारका मुद्दामा खाली स्टन्टबाजी मात्र नगर्न आग्रह गर्दै यस्तो चुनौती दिएका हुन् । फाइल खोले आफूले साथ दिने उनले स्पष्ट पारेका छन् ।गृहमन्त्री लामिछानेले मंगलवार नै भुटानी शरणार्थी प्रकरणका प्रतिवादी बेचन झा पक्राउ परेपछि कांग्रेस–एमालेमा बेचैनी आएर नयाँ गठबन्धन बनाइएको आरोप लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)