‘बच्चा जाेगाउन’ चालकले गाडी खाडलमा हाले, लुम्बिनीका अर्थमन्त्रीसहित ४ सामान्य घाइते
Ujyaaloonline.com · Mon Oct 09 22:52:49 GMT 2023
दाङ – लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्की चढेकाे गाडी दुर्घटनामा परेकाे छ । आज साेमवार दिउँसाे दाङको तुलसीपुर उपमहानगरपालिका–१२ सितलपुरको घुम्तीमा मन्त्री मास्की चढेकाे लु १ झ ७३८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
राप्ती राजमार्गअन्तर्गत तुलसीपुरबाट अमेलिया हुँदै मन्त्रालयतर्फ जाँदै गरेको गाडी दुर्घटनामा पर्दा अर्थमन्त्री मास्की, स्वकीय सचिव शम्भु पौडेल, पीएसओ मनबहादुर थिडी, चालक मनबहादुर बंशी मगर सामान्य घाइते हुनुभएको छ । अर्थमन्त्रीसहित चार जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको तथा सबैको अवस्था सामान्य रहेको प्रहरीले जानकारी दिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)