मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

खोटाङमा कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने

barnanmedia.com · Tue Jul 02 23:28:17 UTC 2024

काठमाडौँ, १८ असार : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपास्थित यलम्बर रङ्गशालामा यही असार–२० गतेदेखि २५ गतेसम्म कोशी प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास बोर्डको रु २० लाख सहयोग तथा जिल्ला खेलकुद विकास समिति खोटाङको संयोजनमा प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिता हुने भएको हो ।

प्रतियोगिताको विजेताले रु दुई लाख र उपविजेताले रु एक लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् । प्रतियोगितामा उत्कृष्ट गोलकिपर, डिफेण्डर, मिडफिल्डर, फरवार्ड, उदयमान खेलाडी, उत्कृष्ट प्रशिक्षकलाई जनही रु तीन हजार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट प्लेयर अफ द टुर्नामेन्ट र हाई स्कोररलाई जनही रु पाँच हजारसहित ट्रफी प्रदान गरिने आयोजक जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राईले जानकारी दिनुभयो ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)