निलगाईसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
annapurnapost.com · Sun Aug 02 09:08:25 GMT 2026

महोत्तरी : निलगाईसँग मोटरसाइकल ठोक्किँदा महोत्तरीको बर्दिवासमा एक जनाको मृत्यु भएको छ । बर्दिबास नगरपालिका–३ काँरेभोगटेस्थित बीपी राजमार्गमा आइतबार भएको सो दुर्घटनामा परी जनकपुरधाम उपमहानगरपालिका–१ घर भएका ३२ बर्षीय बिनयकुमार साहको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार बर्दिबासबाट भिमानतर्फ जाँदै गरेको मधेश प्रदेश ०२–००७ प १९०९ नम्बरको मोटरसाइकलले सडक काट्दै गरेको निलगाईलाई ठक्कर दिएको थियो । उक्त दुर्घटनामा परी मोटरसाइकल चलाईरहेका बिनयकुमार साह घाइते भएका थिए । उनलाई उपचारको लागि बर्दिवासस्थित जनसेवा अस्पताल लगिएकोमा उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)