भारतका दुई हिन्दूवादी नेता काठमाडौंमा
nayapatrikadaily.com · Thu Sep 09 17:19:00 GMT 2021
भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का केन्द्रीय कार्यकारिणी सदस्य राम माधव र विश्व हिन्दू परिषद्का अन्तर्राष्ट्रिय महामन्त्री मिलिन्द पराण्डे बिहीबार काठमाडौं आइपुगेका छन्। राम माधवको भ्रमण प्रयोजन खुलेको छैन, तर पराण्डे विश्व हिन्दू परिषद् नेपालले आयोजना गरेका बैठकमा सहभागी हुन आएका हुन्।
एमसिसीका उपाध्यक्ष फतेमा जेड सुमार आएकै दिन भाजपा पूर्वमहासचिवसमेत रहेका राम माधव आइपुगेका छन्। माधव आरएसएसमा अमेरिकानिकट मानिन्छन्। भाजपा विदेश विभाग प्रमुख डा. विजय चौथाइवाले आएको तीन साता नबित्दै आरएसएसका प्रभावशाली नेता राम माधव आएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)