मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

दसैँ बिदामा कृष्णपुर स्वास्थ्यचौकीमा २४ सै घण्टा आकस्मिक स्वास्थ्य सेवा

barnanmedia.com · Fri Sep 26 23:17:18 GMT 2025

कञ्चनपुरको कृष्णपुर स्वास्थ्यचौकीमा दसैँको सार्वजनिक बिदामा पनि २४ घण्टे आकस्मिक सेवा सञ्चालन हुने भएको छ । कृष्णपुर नगरपालिकाका प्रमुख हेमराज ओझाका अनुसार नगर कार्यपालिकाको निर्णयअनुसार आकस्मिक तथा प्रसूति सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको हो ।

‘नगर क्षेत्रमा अस्पताल नभएकाले आकस्मिक अवस्थामा स्वास्थ्यचौकीमै भर पर्नुपर्ने बाध्यता छ, त्यसैले दसैँ बिदामा पनि चौकीमा २४सै घण्टा सेवा निरन्तर गर्ने निर्णय गरेका हौँ’, नगरप्रमुख ओझाले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)