मौसम विश्लेषण : देशैभर भारी वर्षा, सचेत रहन चेतावानी
ajakoartha.com · Tue Jul 02 23:43:00 UTC 2024

काठमाडाैं- हाल देशैभर भारी वर्षाको संम्भावना रहेको छ । देशका धेरै स्थानहरूका मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा पूर्वअनुमान महाशाखाले जनाएको छ ।साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा कर्णाली प्रदेशका एक दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ । राती देशका केही स्थानहरुमा मेघ गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
२०८१ असार २० गते बिहीबार
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)