सिलिचोङमा बाढीपहिरोको कहर : विद्युत, सञ्चार र यातायात सेवा अवरुद्ध, ६ घर विस्थापित
bishowkhabar.com · Mon Jun 29 08:30:41 GMT 2026

सङ्खुवासभा — लगातारको वर्षापछि सङ्खुवासभाको सिलिचोङ गाउँपालिकामा आएको बाढीपहिरोले विद्युत, सञ्चार तथा यातायात सेवा अवरुद्ध भएको छ । प्राकृतिक विपद्का कारण दुई विद्यालयमा पनि क्षति पुगेको हो । विद्यालयमा क्षति पुग्दा १७० जना विद्यार्थीको पठनपाठन पूर्ण रूपमा ठप्प भएको छ ।
गाउँपालिका अध्यक्ष भूपालराज मेवाहाङका अनुसार सिलिचोङ–१ स्थित सिसुवाखोलामा आएको बाढीपहिरोले गाउँपालिका केन्द्रसम्म पुग्ने सडक अवरुद्ध बनाएको छ । केन्द्रीय विद्युत् लाइन, माइक्रो हाइड्रो आयोजना, इन्टरनेट तथा सञ्चार सेवा प्रभावित हुँदा सरकारी सेवा प्रवाहसमेत प्रभावित भएको उनले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)