दाउन्ने दुर्घटनामा मृतक ६ मध्ये पाँचको पहिचान खुल्यो
gorkhapatraonline.com · Sat Oct 03 03:42:03 GMT 2026

पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको विनयी त्रिवेणी–२ स्थित दाउन्नेको एस मोडमा शनिबार बिहान यात्रुबाहक बस दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको प्रदेश ३–०१–००६ ख १५५३ नम्बरको बस ओरालो सडकमा चालकले नियन्त्रण गुमाउँदा नालामा पल्टिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)