दाहाल राजीनामा नदिने, रास्वपा पनि सरकार नछाड्ने
ekantipur.com · Tue Jul 02 23:51:44 UTC 2024

काठमाडौँ — संसद्का दुई ठूला दल कांग्रेस र एमालेबीच संविधान संशोधन एजेन्डासहित ‘राष्ट्रिय सरकार’ बनाउने सहमति भए पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल मार्गप्रशस्त नगर्ने भएका छन् । दाहालले पदबाट राजीनामा नदिने र राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकार नछाड्ने अडान लिएसँगै सत्ता हस्तान्तरण लम्बिन सक्ने भएको छ ।
कांग्रेससँग मिलेर सरकार बनाउन सहमति गरेको एमालेले प्रधानमन्त्री दाहाललाई पद त्याग गर्न आग्रह गरेको छ । पार्टी कार्यालय च्यासलमा मंगलबार बसेको सचिवालय बैठकले एमाले र कांग्रेसबीच भएको सहमतिअनुरूप संविधानको धारा ७६ (२) अनुसार सरकार निर्माणका लागि बुधबारसम्ममा मार्गप्रशस्त गर्न दाहाललाई आग्रह गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)