रियलको जितमा बेन्जेमाको दुई गोल
ratopati.com
स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सहज जित निकालेको छ । करिम बेन्जेमाको दुई गोलको सहयोगमा लिडर रियल मड्रिडले सेल्टा भिगोमाथि २–१ गोलको जित निकालेको हो ।
सेल्टाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा रियललाई जित दिलाउन करिम बेन्जेमाले दुई गोल गरे । उता सेल्टाका लागि नोलिटोले एक गोल फर्काए । खेलको १९औँ मिनेटमा बेन्जेमाले पेनाल्टीमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । ५२औँ मिनेटमा सेल्टाका लागि नोलिटोले बराबरी गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)