मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनयुद्ध लडेका गणेश ढकाल ‘ड्रागन’खेतीमा रमाउँदै

nepalkhabar.com · Tue Jul 02 23:59:26 UTC 2024

राजनीतिकसँगै ड्रागन फल खेतीमा लागेका कैलालीको लम्कीचुहा– १ का गणेश ढकाललाई यति बेला भ्याइनभ्याइ छ । राजनीतिकसँगै उत्पादनसहितको आयआर्जनमा जोडिनुपर्छ भनेर उनले तीन वर्षअघि विसं २०७८ देखि ड्रागन फल खेती सुरु गरेका थिए।

यस क्षेत्रमा धेरैलाई ड्रागनखेती गर्नुपर्छ भन्ने थाहा थिएन तर विभिन्न माध्यमबाट उक्त खेतीबारे जानकारी पाएका ढकालले तीन वर्षअघि सात लाख लगानी गरेर व्यवसाय सुरु गरेका थिए । उनले दाङ र बाँकेबाट आठ सय बिरुवा ल्याएर खेती सुरु गरेको बताए। ती बिरूवाले यतिखेर प्रशस्त उत्पादन दिइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)