राजनीतिक स्थायित्व र संविधान संशोधन
gorkhapatraonline.com · Wed Jul 03 00:05:27 UTC 2024

काठमाडौँ, असार १९ गते । प्रतिनिधि सभाको पहिलो र दोस्रो दल नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी (एमाले) बिच सत्ता सहकार्य आरम्भ भएको छ । आवधिक निर्वाचनमा पहिलो बन्ने प्रतिस्पर्धामा रहेका कांग्रेस–एमालेले २०७२ को संविधान जारी भएपछि राजनीतिक स्थायित्व र संविधान संशोधनसहितको मुद्दामा सहकार्यको थालनी गरेका हुन् ।
एक सातादेखि गृहकार्यमा रहेका कांग्रेस–एमालेका शीर्ष नेताले सोमबार मध्यरातमा सत्ता सहकार्यको अन्तिम खाका तयार गरेका हुन् । बुढानीलकण्ठस्थित एक व्यवसायीको घरमा पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच दुई दलको सत्ता गठबन्धन बनाउने र त्यसमा साना दललाई पनि समावेश गर्ने सहमति भएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)