मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कृषि उद्यमका लागि सिँचाइ विभागको विशेष कार्यक्रम

nepalnews.com · Sat Oct 03 03:53:10 GMT 2026

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले कृषि उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले विशेष भूमिगत जल सिँचाइ कार्यक्रम ल्याएको छ। कार्यक्रममा वैदेशिक रोजगारीबाट फर्किएका युवावर्गका कृषकलाई उच्च प्राथमिकता दिइने भएको छ।

विभागले कार्यक्रम कार्यान्वयनका लागि ‘कृषि उद्यमीका लागि विशेष भूमिगत जल सिँचाइ कार्यक्रम योजना छनोट दिग्दर्शन, २०८३’ तयार पारेको छ। दिग्दर्शनअनुसार निर्धारित मापदण्ड पूरा गरेका कृषि उद्यमी, किसान, फर्म, संस्था वा समूहलाई छनोट गरी भूमिगत सिँचाइका लागि ट्युबवेल निर्माण तथा वितरण गरिनेछ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)