बाढीपहिरो पीडितलाई एनआरएनएको १२ लाखको राहत
gorkhapatraonline.com · Sat Oct 03 03:51:47 GMT 2026

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले बागलुङको निसीखोला र ताराखोलाका बाढीपहिरो पीडितलाई १२ लाख रुपियाँ बराबरको राहत सामग्री सहयोग गरेको छ।
एनआरएनएले निसीखोला गाउँपालिकाका बाढीपहिरो पीडितलाई सात लाख र ताराखोलाका बाढीपहिरो प्रभावित परिवारलाई पाँच लाख रुपियाँ बराबरको खाद्यान्न, लत्ताकपडा तथा आवश्यक सामग्री जिल्ला प्रशासन कार्यालयमार्फत उपलब्ध गराएको एनआरएनएका प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)