फ्याक्टचेक: बङ्गलादेशी आएर नेपाली हिन्दुहरूलाई का*ट्ने धम्की दिएको जस्तो लाग्ने भाइरल भिडिओ भारतको
techpana.com · Sun Aug 02 09:30:21 GMT 2026

काठमाडौं । बङ्गलादेशका युवाहरू देशमा आएको र उनीहरूले हिन्दुहरूलाई काट्ने, बम पड्काउने भन्दै धम्की दिइरहेको एक भिडिओ सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । १२ सेकेन्ड लामो भाइरल भिडिओ हेरेर प्रयोगकर्ताहरूले ती व्यक्तिलाई खुला रूपमा आउन चुनौती समेत दिइरहेका छन् । तर, सो भिडिओ भने भ्रामक रहेको टेकपाना फ्याक्टचेक डेस्कको अनुसन्धानबाट देखिएको छ ।
पछिल्लो केही दिनदेखि भारतमा ती युवाहरूको ३८ सेकेन्ड लामो भिडिओ भाइरल छ । जहाँ उनीहरूले आफूहरू बङ्गलादेशी भएको र भारतमा आइसकेको बताएका छन् । बम पड्काउने र हिन्दुहरूलाई काट्ने भन्दै हिंसात्मक अभिव्यक्ति समेत दिएका छन् । तर पछि सोही भिडिओमा उनीहरूले आफूलाई उत्तरप्रदेशको खुशीनगर जिल्लाको भएको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)