मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारको प्राथमिकतामा दातृ निकायको समर्थन

gorkhapatraonline.com · Fri Sep 26 23:52:26 GMT 2025

जेनजी आन्दोलनपछिको सरकारको आर्थिक कार्यदिशा र प्राथमिकताबारे सरकारले नेपालस्थित स्थानीय दातृ निकायका प्रमुखसँग छलफल गरेको छ । जेनजी आन्दोलनका क्रममा उठाइएको भ्रष्टाचारविरोधी तथा पारदर्शिताको मागलाई सम्बोधन गर्न तथा आन्दोलनका क्रममा भएको भौतिक क्षतिको पुनर्निर्माणलगायतलाई समेट्ने गरी सरकारले ल्याएको आर्थिक कार्ययोजनामा दातृ निकायले सहमति जनाएको अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले जनाउनुभएको छ ।

यसअघि भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि बनेको सरकारका मन्त्रीसँग नेपालस्थित कूटनीतिक नियोग, दातृ निकाय तथा विकास साझेदारका प्रतिनिधिले बेग्लाबेग्लै भेटघाट र छलफल गरेका थिए । त्यसपछि शुक्रवार अर्थ मन्त्रालयमा विकास साझेदारसँग सरकारले सामूहिक बैठक गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)