मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतको उत्तर प्रदेशमा धार्मिक सभामा भागदौड हुँदा एक सय १६ जनाको मृत्यु

ajakoartha.com · Wed Jul 03 00:09:00 UTC 2024

काठमाडाैं- भारतको उत्तर प्रदेशमा मंगलबार एउटा धार्मिक सभामा भागदौड हुँदा हालसम्म एक सय १६ जनाको मृत्यु भएको छ। त्यस्तै अन्य धेरै व्यक्ति घाइते भएका छन्।

मृतकमध्ये हालसम्म ७२ जनाको पहिचान खुलेको छ।मृत्यु हुनेमा अधिकांश महिला छन्। भेटिएका शवमध्ये १०८ वटा महिलाको, एउटा पुरूषको र सात वटा बालबालिकाको भएको टाइम्स अफ इन्डियाले जनाएको छ। मंगलबार युपीको हाथरस सहर नजिकै एक धार्मिक प्रचारकको प्रवचन कार्यक्रम थियो। प्रवचन सुन्न आएका सयौं मानिस कार्यक्रम सकेर बाहिर निस्किँदै गर्दा धूलोको आँधी आएजत्तिकै भएको थियो। त्यही क्रममा भागदौड हुँदा धेरै व्यक्तिले ज्यान गुमाएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)