१७ हजार फिट तल खस्दा पनि विमान कसरी भयो सुरक्षित अवतरण ?
kendrabindu.com · Sat Oct 03 04:14:48 GMT 2026

काठमाडौं । इजारयलको तेल अभिवतर्फ जाँदै गरेको फ्लाई दुबईको विमानको ककपिटमा सह–पाइलटले आक्रमण गर्दा भारतीय पाइलट क्याप्टेन स्मित मछार घाइते भएका थिए । त्यसक्रममा विमान तीव्र गतिमा करिब १७ हजार फिट तल खसे पनि पुनः नियन्त्रणमा लिएर सुरक्षित अवतरण गर्न सफल भएको घटनालाई उड्डयन विशेषज्ञहरूले असाधारण मानेका छन् ।
घटना हुनुअघि विमान ३४ हजार फिटको उचाइमा थियो । ‘फ्लाइट रडार२४’ को तथ्यांकअनुसार विमान २९ सेकेन्डमै १४ हजार १२५ फिट तल खसेको थियो । विमानको कुल गिरावट करिब १७ हजार ४०० फिट थियो । त्यसपछि जमिनबाट यसको उचाइ १६ हजार ६०० फिट मात्र बाँकी थियो । तीव्र गिरावटका क्रममा विमानको पछाडिको भागमा रहेको रडरसमेत क्षतिग्रस्त भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)