नवलपरासी बस दुर्घटनामा घाइते १० जनाको पहिचान खुल्यो
barnanmedia.com · Sat Oct 03 04:03:28 GMT 2026

काठमाडौं । नवलपरासी पूर्वमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन्। विनयी त्रिवेणी गाउँपालिका–२ स्थित पूर्व–पश्चिम राजमार्गको एस मोडमा नेपालगञ्जबाट काठमाडौं आउँदै गरेको प्रदेश–३–०१–००६ ख १५५३ नम्बरको बस दुर्घटनामा परेको हो। चालकले नियन्त्रण गुमाउँदा बस सडकबाट नालामा पल्टिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार बसमा चालकसहित १८ जना सवार थिए। दुर्घटनामा ६ जनाको मृत्यु भएको, १० जना घाइते भएको र दुई जना सकुशल रहेका छन्। मृतकमध्ये जाजरकोटको भेरी नगरपालिका–३ का ५० वर्षीय निर्जुङ खत्रीको पहिचान खुलेको छ। बाँकी पाँच मृतकको विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)