आन्दोलनका घाइतेलाई भविष्यको चिन्ता
gorkhapatraonline.com · Sat Sep 27 00:23:47 GMT 2025

जेनजी आन्दोलनको अग्रपङ्क्तिमा रहनुभएका बझाङका १८ वर्षीय सुनील थापालाई भदौ २३ गते नयाँ बानेश्वरमा गोली लाग्यो । उक्त गोली थापाको खल्तीको आइफोन छेडेर शरीरको बिच भाग कम्मर हुँदै बाहिर निस्कियो । अचेत अवस्थामा तत्कालै महाराजगन्जस्थित शिक्षण अस्पतालको इमर्जेन्सीमा पु-याइएका थापाको अवस्था अत्यन्तै जटिल थियो । चिकित्सक प्रमोद सेढाईंसहित टिमले तत्कालै जटिल शल्यक्रियासहितको उपचार सुरु गरेका कारण थापाको ज्यान बच्यो ।
थापाको शरीरमा लागेको गोलीले शरीरमा गम्भीर क्षति पु-याएका कारण अर्को शल्यक्रिया गर्नु पर्छ । उपचारमा संलग्न चिकित्सकका अनुसार थापाको कम्मरका मुख्य नसा र मेरुदण्डमा गहिरो असर परेको छ । उच्च शिक्षा अध्ययनका लागि जापान जाने तयारीमा रहनुभएका थापालाई यतिबेला अस्पतालको श-यामा पल्टिरहँदा शरीरको घाउ र भविष्यको चिन्ताले सताउन थालेको छ । उहाँ भन्नुहुन्छ, “चिकित्सकहरू घाउ निको हुन समय लाग्छ भन्नुहुन्छ । अहिलेको खर्च त सरकारले हेर्ला, फलोअपको उपचार खर्च र भविष्यको चिन्ता लाग्छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)